नियम
कोषमा कट्टा गरिने रकमको प्रतिशत

(१) ऐनको दफा २९ को उपदफा (२) को खण्ड (क) को प्रयोजनको लागि संयुक्त राष्ट्र संघको आव्हानमा विश्वको कुनै पनि भागमा शान्ति स्थापना गर्ने कार्यमा कन्टिन्जेण्टमा (खान बस्नको सुविधा सहित) खटिएका नेपाली सेनाले सेवा गरे बापत प्रति महिना प्रति व्यक्ति पाउने भत्ता रकमबाट सबै दर्जाका सैनिकबाट बढीमा २२ प्रतिशतसम्म रकम कट्टा गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमकै कार्यमा खटिने (खान बस्नको सुविधा नपाउने) स्टाफ अफिसर्स, पर्यबेक्षक र सैनिक सल्लाहकारबाट समितिले तोके बमोजिमको रकम कट्टा गर्न सक्नेछ ।
(३) ऐनकोे दफा ३१ को खण्ड (ग) बमोजिम समितिले कोषको आयबाट कल्याणकारी कार्यहरू सञ्चालन गर्न रकम पर्याप्त हुने अवस्था आएमा उपरोक्त अनुसार कट्टी गर्ने रकमलाई घटाउन सक्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम रकम कट्टा गर्ने सम्बन्धी अन्य व्यवस्था समितिले बनाएको कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।